ताजा अपडेट »

२८ महिनायताकै उच्च विन्दुमा सेयर बजार

विहीबार, ०३ साउन २०८१, १५ : १८
222 Shares
विहीबार, ०३ साउन २०८१
222 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । लगातार बढीरहेको नेप्से परिसूचक बिहीबार ५९।६८ अंकले बढेर २४२४ को बिन्दुमा अडिएको हो । जुन करिब २८ महिना यताकै उच्च हो । यसअघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो ।

आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो । जुन करिब ३ वर्ष यताकै उच्च करोबार थियो ।

बिहीबार बजारमा ५ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।