ताजा अपडेट »

तिलोत्तमाको सिद्धार्थ माविमा कक्षा ११/१२ का विद्यार्थीका लागि अभिमूखीकरण

विहीबार, ०३ साउन २०८१, १४ : ४२
898 Shares
विहीबार, ०३ साउन २०८१
898 Shares

 

तिलोत्तमा । शैक्षिकसत्र २०८१/८२ का लागि कक्षा ११ विज्ञान तथा व्यवस्थापन समुहमा भर्ना भएका विद्यार्थीका लागि तिलोत्तमाको सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कूलले अभिमूखीकरण सम्पन्न गरेको छ । नवआगन्तुक विद्यार्थीका लागि विद्यालयको परिचय, विशेषता , पठनपाठन तथा शैक्षिक कार्यक्रम, शिक्षण विधि र शिक्षण सिकाई क्रियाकलापका बारेमा जानकारी गराइएको विद्यालयले जनाएको छ । 

अभिमूखीकरणमा आन्तरिक र बाह्य गतिविधि, छात्रवृत्ति प्राप्ति प्रक्रिया, कक्षा ११ र १२ मा विद्यार्थीले पालना गर्नुपर्ने नियम, शिक्षक विद्यार्थी तथा अभिभावक सम्बन्ध, उच्च शिक्षाको तयारीका लागि गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराइएको थियो । विद्यालयका प्रवन्धक निर्देशक बावुराम खनालको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्राचार्य यम बहादुर रानाले संस्थाको गौरवमय ऐतिहासक पक्ष र विद्यालयका भौतिक पक्ष र आगामी कार्ययोजनाका बारेमा बताएका थिए । 

कार्यक्रममा कक्षा ११/१२ का ईन्चार्ज डाक्टर उमेश न्यौपानेले नैतिकता, अनुशासन र विद्यालयको बारेमा डकुमेन्ट्री प्रस्तुत गरेका थिए । सहायक प्राचार्य रमेश प्रसाद बस्यालले विद्यार्थीलाई उज्ज्वल शैक्षिक यात्राका लागि शुभकामना दिएका थिए । शिक्षक सुमन घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।