ताजा अपडेट »

संसदलाई विजिनेस दिने बारे प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

विहीबार, ०३ साउन २०८१, १३ : ३१
36 Shares
विहीबार, ०३ साउन २०८१
36 Shares

काठमाडौं । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका छन् । 

संसदलाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ । बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भन्नेबारे छलफल भएको जानकारी दिएका छन् । 

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।