ताजा अपडेट »

शक्ति फूड्सको एन्यूअल सेल्स मीट सम्पन्न, सौर्य ब्राण्डलाई देशव्यापी बनाईने

विहीबार, ०३ साउन २०८१, १३ : २७
0.97K Shares
विहीबार, ०३ साउन २०८१
0.97K Shares

बुटवल । विगत १८ वर्षदेखि विभिन्न खाद्य परिकार (एफएमसीजी) उत्पादन गर्दै आएको शक्ति फूड प्रोडक्स् प्रा.लि.ले विहिबार तिलोत्तमामा दोस्रो वार्षिक बजार समीक्षा सम्पन्न गरेको छ । देशभरका बजार प्रतिनिधिहरुको सहभागितामा आयोजित ‘एन्यूअल सेल्स मीट’ मा वर्तमान बजार अवस्थाकाे समीक्षा तथा आगामी रणािनितक योजना बारे छलफल गरिएको थियो । कार्यक्रममा देशभरका २ दर्जन बढी मार्केटिङ अफिसरहरु सहभागी भएको रिजनल सेल्स म्यानेजर सन्तोष ढुङ्गेलले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका–५ मणिग्राममा उद्योग रहेको शक्ति फूड प्रोडक्टले सौर्य ब्राण्डमा डेढ दर्जन बढी खाद्य परिकारहरु बजारमा ल्याएको छ । सौर्य ब्राण्डमा नमकिन, दालमोठ, भुजिया, फुरनदाना, मटर, पिनट, भटमास, मुग दाल लगायतका परिकारहरु उत्पादन गर्दै आएको शक्ति फूडले पछिल्लो २ वर्षदेखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त युरोपियन मेशिनद्वारा सतप्रतिशत सुजी प्रयोग गरी तयार पारिएको पास्ता र आलुबाट बनेको चिप्स समेत बजारमा ल्याएको छ । 

आफ्ना उत्पादनहरुलाई थप गुणस्तरीय बनाउदै आम उपभोक्ता माझ सुलभ मुल्यमा कसरी पुर्याउन सकिन्छ भन्ने कुरालाई प्राथमिकता दिएर सेल्स मीट आयोजना गरिएको गरिएको प्रा.लि.का अध्यक्ष सुरज खत्रीले जानकारी दिए । उक्त कार्यक्रममा आगामी योजना बारे शुझाव संकलन गर्नुकासाथै कार्योजना समेत प्रस्तुत गगरीएको थियो । । 

कम्पनीका प्रवन्ध निर्देशक पुरुषोत्तम गैरेका अनुसार शक्ती फूडका हालसम्म देशभर १२५ डिलर रहेका छन् भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २ दर्जन बढी डिलरहरु रहेको जानकारी दिए । सन् २००७ मा उद्योगको स्थापना गरी उत्पादन गर्दै आएका उद्योगी तथा कम्पनीका अध्यक्ष खत्रीले विदेश निर्यातका लागि समेत योजना बनाइरहेको बताए । हाल १ सय जना बढीलाई प्रत्येक्ष रोजगारी दिइरहेको उद्योगले आफ्नो क्षमता वृद्धि र विदेश निर्यात बारे अध्ययन जारी रहेको उनले उल्लेख गरे । यस कार्यक्रममा निर्देशक सपना क्षेत्रीको समेत उपस्थिती रहेको थियो । यो सेल्स मीट २ दिनसम्म जारी रहने बताइएको छ । 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।