ताजा अपडेट »

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

विहीबार, ०३ साउन २०८१, ११ : २६
38 Shares
विहीबार, ०३ साउन २०८१
38 Shares

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो ।

रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ ।

हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो ।

चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।