ताजा अपडेट »

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

बुधबार, ०२ साउन २०८१, १५ : ५५
190 Shares
बुधबार, ०२ साउन २०८१
190 Shares

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्।

बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् ।

उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । अहिलेसम्म ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भएको छैन । ८ वटा डिब्बामा कम्तिमा ३० यात्रु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।