ताजा अपडेट »

हत्या गरेको अभियोगमा एक जना पक्राउ

बुधबार, ०२ साउन २०८१, १३ : ३८
120 Shares
बुधबार, ०२ साउन २०८१
120 Shares

 

सुनसरी । बराहक्षेत्र नगरपालिका-३ बिस्थापित टोल बस्ने बिक्रम बिकको छोरा ६ वर्षीय अबि बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय विर बहादुर बिश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विर बहादुरले मादक पदार्थ सेवन गरी अबिलाई कुटपिट गर्दा घाइते भई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका अबिको सोही प्रतिष्ठानमा उपचारको क्रमममा मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।