ताजा अपडेट »

आगलागीबाट करोडौंको क्षति

मंगलबार, ०१ साउन २०८१, १५ : ३७
46 Shares
मंगलबार, ०१ साउन २०८१
46 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ गल्लामण्डी (आदर्शनगर) स्थित सुरज प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग उद्योगमा आइतबार आगलागी भएको छ । उद्योगमा दिउँसो १ः४५ बजेतिर आगलागी भएको उद्योगका प्रबन्ध निर्देशक आश्विनी कुमार जयसवालले बताए । 

उनका अनुसार आगलागीबाट उद्योगमा रहेको मेशिनमा पूर्ण क्षति पुगेको छ । त्यस्तै स्टकमा रहेको तयारी मालसामान र कच्चा पदार्थ पनि जलेर नष्ट भएको जयसवालले बताए । आगलागीबाट करिब ४–५ करोड बराबरको क्षति भएको उनले बताए । ‘विद्युत सर्ट भइ उद्योगमा आगलागी भएको थियो । दमकल, प्रहरी, स्थानीयबासी, कर्मचारीलगायतको सहयोगमा दुई घण्टामा आगलागी नियन्त्रणमा आएको थियो ।’

उद्योगमा प्रिन्टिङ्ग सम्बन्धि सम्पूर्ण कार्यहरु हुँदै आएको उनले बताए । ‘मेशिन कामै नलाग्ने गरी पूर्ण रुपमा क्षति हुँदा उद्योगको दैनिक कार्य पनि प्रभावित भएको छ, ’जयसवालले भने । आर्थिक मन्दीमा भएको आगलागीको घटनाले समस्या थपिएको उनले बताए । उद्योग नचल्दासम्म बैंकको किस्ता र ब्याज तिर्न पनि अब कठिन हुने उनले बताए । विगत २८ वर्षदेखि सञ्चालित यो उद्योगमा हाल ९ जना कर्मचारी कार्यरत रहेको उद्योगका बजार व्यवस्थापक विशाल श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।