ताजा अपडेट »

सत्ता परिवर्तनपछि समाजवादी मोर्चालाई सक्रिय बनाउने तयारीमा प्रचण्ड

मंगलबार, ०१ साउन २०८१, १० : १३
156 Shares
मंगलबार, ०१ साउन २०८१
156 Shares

काठमाडौं । प्रधानमन्त्री पदबाट मुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने तयारी गरेका छन् । यसै बीच आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

यसअघि मोर्चामा समावेश उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।