ताजा अपडेट »

रुकुम पश्चिममा बाढीले बगाउँदा ३ बालिकाको मृत्यु, एक बेपत्ता

मंगलबार, ०१ साउन २०८१, ०७ : ०७
1.78K Shares
मंगलबार, ०१ साउन २०८१
1.78K Shares

रुकुम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम) वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो । 

बाढीले बगाउँदा १ जना वयस्क व्यक्ति बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले बताए । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । 

घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।