ताजा अपडेट »

५ वर्षपछि पुन: गित संगितमा फर्किए विरेन्द्र अग्रहरी

सोमबार, ३१ असार २०८१, १४ : १५
262 Shares
सोमबार, ३१ असार २०८१
262 Shares

बुटवल । कलाकार विरेन्द्र अग्रहरी पुनः गित संगितमै सक्रिय हुन लागेका छन् । ५ वर्षसम्म पछि अग्रहरीको ‘न रोक मलाई’ गित सार्वजनिक भएको छ । 

विगत ३५ वर्षदेखि कलाकारितामा सक्रिय अग्रहरी पछिल्लो ५ वर्षसम्म कुनै पनि गित संगित निकालेका थिएन् । अग्रहरीले अब आफु निरन्तर रुपमा कलाकारितामै सक्रिय हुने बताएका छन् ।

‘म विगत ३५ वर्षदेखि कलाकारितामा सक्रिय नै छु । पछिल्लो ५ वर्षमा विविध कारणले गर्दा म तीब्र इच्छा हुँदा हुदैँ पनि कुनै पनि गित संगित दर्शक/श्रोता माझ ल्याउन सकेन् । अब म निरन्तर रुपमा कलाकारितामै सक्रिय हुने छु ।’–अग्रहरीले भने । 

उनले ५० भन्दा बढी अफिसियल गितहरु निकालि सकेका छन् भने १०० भन्दा बढी अफिसियल गित, चलचित्र र म्युजिक भिडियो तथा विज्ञापनमा पनि गित गाएका छन् । सो गितको भिडियो दीपक पाण्डे ‘लक्की’को लेजेण्ड फिल्म्स प्रा. लि. ले निर्माण गरेको हो ।

लक्कीले चलचित्रको भिडियो एफएम/रेडियोमा  बिज्ञापन, को बन्छ कलाकारको विजेतामा नायकको भूमिकादेखि निर्देशन गर्दै थुप्रै म्युजिक भिडियो बनाएका छन् ।  गितमा मनिष ढकाल र बबिता धितालले अभिनय गरेका छन् । सो गित विरेन्द्र अग्रहरीको आफ्नै युट्युब च्यानल ‘विर म्युजिक’बाट सार्वजनिक भएको छ ।

५ वर्ष पछि निकालेको गितमा दर्शक तथा श्रोताले मन पराएको र आफुलाई अब निरन्तर रुपमा कलाकारितमा अघि बढ्नका लागि हौसला प्रदान भएको उनले बताए । 

अग्रहरीले कलाकारितासँगै व्यापार व्यवसायमा पनि गर्दै आएका छन् । उनको मेलाडी मेकर नामले चर्चित थ्यो बेण्ड कस्मेटिक पसल समेत रहेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।