ताजा अपडेट »

त्रिशूलीमा बस खोज्न उच्च प्रविधिको सोना डिभाइस प्रयोग : २ सय मिटर गहिराईसम्म पत्ता लगाउने

सोमबार, ३१ असार २०८१, १२ : ५९
206 Shares
सोमबार, ३१ असार २०८१
206 Shares

बुटवल । शुक्रवार बिहानदेखि त्रिशुलीमा हराइरहेका दुई बस र यात्रुको खोजीका लागि सोमवार बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट लगिएको सो डिभाइसमार्फत खोजीकार्य शुरू गरिएको हो ।

नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार डिभाइस आकृतिको रुपमा देखाउने प्रविधि भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले पानीमुनि साउन्ड वेब पठाइ त्यहाँ रहेका बस्तुहरूलाई स्क्यान गर्ने गर्छ । यसअघि पनि सशस्त्र प्रहरीको तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकाले अपेक्षाकृत परिणाम प्राप्त हुन नसकेको सहप्रवक्ता थापाले बताए । यसको क्षमता २०० मिटर गहिराइसम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने उनले बताए । 

धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेब तलसम्म रहेका बस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने प्रकारको रहेको बताइएको छ । मोटरबोटमा जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण बस्तुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वास लिएको सशस्त्रले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।