ताजा अपडेट »

स्पेनले उचाल्यो युरोकपको उपाधि

सोमबार, ३१ असार २०८१, ०७ : ५६
166 Shares
सोमबार, ३१ असार २०८१
166 Shares

काठमाडौं । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोलले पराजित गरेको हो ।

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औँ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औँ मिनेटमा गोल गरेका थिए ।

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।
त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।