ताजा अपडेट »
ग्याजेटस्

वन प्लसको मनसुन बोनान्जा अफर, स्मार्टफोनमा १७ हजारसम्म छुट घोषणा

सोमबार, ३१ असार २०८१, ०६ : ४३
100 Shares
सोमबार, ३१ असार २०८१
100 Shares

काठमाडौं । वनप्लसले मनसुन बोनान्जा नामक अफर ल्याएको छ । यसअन्तर्गत कम्पनी‍ले आफ्ना स्मार्टफोनमा १७ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको हाे । ‘रेनिङ वन प्लस दिस सिजन’ नारा रहेको यो अफर आज ३१ असारदेखि सुरु हुनेछ । अफर अवधिभर ग्राहकले ५३ हजार ९९९ रुपैयाँ पर्ने वनप्लस नोर्ड सीईथ्री फाइभजी स्मार्टफोन मात्र ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । याे फोन खरिद गर्ने ग्राहकले १७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

त्यस्तै ४५ हजार ९९९ रुपैयाँ रहेको वनप्लस नोर्ड सीईथ्री लाइट फाइभजी ३४ हजार ५९९ रुपैयाँमा पाउन सक्नेछन् । यसका साथै हालै सार्वजनिक भएको वनप्लस नोर्ड एन ३० एसई पनि १८ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ । यसअघि यो फोनको मूल्य २६ हजार ४९९ रुपैयाँ रहेको थियो ।

यसमा ग्राहकले अतिरिक्त २९९ रुपैयाँ तिर्दा एक हजार ९९९ रुपैयाँ पर्ने वनप्लसको ३३ वाटको सुपरभोक एडप्टर पिन  पाउन सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले छुट दिइएका यी फोनहरू वनप्लसको आधिकारिक वितरक तथा अनलाइन प्लेटफर्मबाट खरिद गर्न सकिने छ । ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।