ताजा अपडेट »
नथिङको सीएमएफ फोन वन

सीएमएफ फोन वन प्रिबुक गर्दा ८ हजार रुपैयाँ पर्ने इयरबड्स नि:शुल्क पाइने

सोमबार, ३१ असार २०८१, ०५ : ५९
54 Shares
सोमबार, ३१ असार २०८१
54 Shares

काठमाडौं । नथिङको सहायक ब्रान्ड सीएमएफको फोन वन अषाढ ३१ गते साझ ६ बजे भित्र प्रिबुक गर्ने पहिलो ४०० ग्राहकले आठ हजार रुपैयाँ पर्ने सीएमएफ बड्स नि:शुल्क पाउने भएका छन् । नेपाली बजारमा औपचारिक सार्वजनिक भएपछि आधिकारिक विक्रेता सीजी मोबाइलले ग्राहकहरूबीच यस्तो अफर ल्याएको हो । स्मार्टफोन बजारमा यो फोन सीएमएफ पनि डेब्यु हो । कालो, सुन्तला, हलुका हरियो र निलो रङ्गमा उपलब्ध यो फोनमा टेक्स्चर केस वा भेगन लेदर फिनिस रहेको छ । 

८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४१ हजार ४९९ रुपैयाँ रहेको छ । थप स्टोरेज चाहिएको खण्डमा यसमा तपाईंले माइक्रो एसडीएक्ससी सपोर्ट पनि पाउन सक्नुहुन्छ । यो फोनमा दुई ओटा मुख्य  क्यामेरा रहेका छन्, ५० मेगापिक्सेल र दुई मेगापिक्सेलको डेप्थ सेन्सर ।

सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ, जसले ३० एफपीएसमा १०८० पिक्सेलको भिडिओ खिच्न सक्छ । फोनमा तपाईंले ५००० एमएएच क्षमताको ब्याट्री,  ३३ वाटको फास्ट चार्ज तथा ५ वाटको रिभर्स वायर्ड चार्जको सपोर्ट पाउन सक्नुहुन्छ । 

१९७ ग्राम र २०२ ग्राम तौल रहेको यो फोनले दुई ओटा सिम सपोर्ट गर्छ । पछाडि पट्टि फेर्न मिल्ने कभर रहेको सीएमएफ फोन वनले धुलो र तरल पदार्थबाट जोगाउन आईपी ५२ रेटिङ पाएको छ । फोनमा १२० हर्जको एमोलेड एचडीआर १० प्लस डिस्प्ले दिइएको छ । ५०० निट्स (टीवाईपी) तथा २००० निट्स (उच्चतम) ब्राइटनेश रहेको यो फोनको स्क्रिनको आकार ६.६७ इन्चको रहेको छ ।

यसमा १०८०x२४० पिक्सेलको रेजोलुसन पाउन सकिन्छ । एन्ड्रोइड १४ मा आधारित फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० (४ एनएम) चिपसेट राखिएको छ । 

अफर अन्तर्गत कम्पनीले नि:शुल्क दिन लागेको सीएमएफ बड्स पनि हालै सार्वजनिक भएको हो ।

कम्पनीका अनुसार यो अफर पाउन ग्राहकले अषाढ ३१ गते साँझ ६ बजेसम्म फोनको प्रिबुक गरिसक्नु पर्नेछ ।

ग्राहकले सीजी डिजिटल, दराज, हुकुट स्टोर लिङ्क र खल्तीबाट खरिद गर्न सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।