ताजा अपडेट »

रोटरी तिलेत्तमा रुपन्देहीद्वारा क्लव अफिसर तालिम सम्पन्न

आइतबार, ३० असार २०८१, १६ : ००
204 Shares
आइतबार, ३० असार २०८१
204 Shares

बुटवल । रोटरी क्लब अफ तिलेत्तमा रुपन्देहीले क्लब अफिसर तालिम सम्पन्न गरेको छ । क्लबले सदस्य तथा आफ्नो मातृत्वमा स्थापित रोट्रर्याक क्लवका पदाधीकारीको क्षमता अभिबृद्धि गर्नका लागि क्लव अफिसर तालिम सम्पन्न गरेको हो । 

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको मातृत्वमा स्थापीत रोट्रर्याक क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनका रोटरी वर्ष २०२४÷२५ का लागि निर्वाचित बोर्ड पदाधीकारी तथा क्लब सदस्यहरुका लागि क्लब अफिसर तालिमको आयोजना गरिएको रोटरी क्लब अफ तिलेत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिए । हरेक वर्ष जुलाई १ देखि नयाँ रोटरी वर्षको प्रारम्भ हुने र एक व्यक्ती एक पद, एक कार्यकाल रोटरीमा रहेको हुँदा क्लबमा नयाँ रोटरी वर्ष सुरु भएसँगै बोर्ड पदाधीकारी तथा सदस्यहरुलाई आफ्ना जिम्मेवारी तथा काम कर्तव्यका विषयमा जानकारी दिन क्लव अफिसर तालीम (कट्स) को आयोजना गरेको उनले बताए ।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी इन्टरनेशनल कोर्डिनेटर तथा डिष्ट्रिक ट्रेनिङ्ग को–च्यर लक्ष्मण ज्ञवालीले सहजीकरण गरेको तालिममा बोल्दै उमले रोटरी अभियानमा जोडिएका रोटरी सदस्यलाई अपडेट बनाउनका लागि क्लब लेभलबाट नै अफिसर जस्ता तालिमको आयोजना गर्नु पर्ने बताए । उनले रोटरी वर्षको सुरुवातसँगै क्लबले आयोजना गर्ने यस्ता तालिमबाट सदस्यलाई आफ्नो काम कर्तव्यका विषयमा ज्ञान हुनुका साथै सदस्यहरुको क्षमता अभिबृद्धिमा पनि महत्वपुर्ण योगदान पुग्ने बताए । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका पुर्व अध्यक्ष एवं रिजन सचिव कृष्ण प्रसाद पौडेल, पूर्व अध्यक्ष गोपाल ज्ञवाली, नविन प्रधान, निर्वतमान अध्यक्ष निरज श्रेष्ठ, उपाध्यक्ष निराजन पोख्रेल, टिकाराम पाण्डे,सचिव अर्जुन प्रसाद आचार्य लगायतले बोल्दै सदस्यहरुको क्षमता अभिबृद्धिका लागी क्लवले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । कार्यक्रममा रोटरी तथा रोट«याक क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।