ताजा अपडेट »

भानु जयन्तीको अवसरमा मानव धर्म सेवाद्धारा कविता वाचन प्रतियोगीता सम्पन्न

आइतबार, ३० असार २०८१, १३ : ४५
168 Shares
आइतबार, ३० असार २०८१
168 Shares

बुटवल । भानु जयन्तीको अवसरमा बुटवलमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । २११ औँ भानु जयन्तीको अवसरमाा नेपाल मानव धर्म सेवा समिती हंस योग आश्रम बुटवलले नगरस्तरीय कविता वाचत प्रतियोगीताको आयोजना गरेको हो । 

बुटवल नगर भित्र संचालित विभिन्न सामुदायीक तथा सस्थागत विद्यालय गरी १६ विद्यालयको सहभागीता रहेको प्रतियोगीतामा एभरेष्ट बोर्डिङ्ग स्कुलका तुषार कोइराला प्रथम, दिप बोडिङ्ग स्कुलकी आशिका थापा द्धितिय, कान्ति मा।विकी क्रिष्टिना खनाल तृतीय र उजिर सिहं माविकी अरुणा कामी सान्तवना भएका छन् । 

नेपाल मानव धर्म सेवा समितिको वार्षिक कार्यक्रम अन्तर्गत भानु जयन्तीको अवसरमा नेपाली भाषा संस्कृतिको जगर्ना गर्दै वैज्ञानिक आविष्कारमा रमाएको मानव जीवनमा आध्यात्मको महत्वलाई दर्शाउने उद्देश्यका साथ अध्यात्म र विज्ञान विषयक बुटवल नगरस्तरिय तेस्रो कविता वाचन प्रतियोगिताको आयोजना गरिएको हो ।
 
नेपाल मानव धर्म सेवा समिती हंस योग आश्रम लुम्बिनी क्षेत्र प्रमुख माहात्मा श्री अम्बिका बाईजीको अध्यक्षतामा भएको कविता वाचनमा बोल्दै महात्मा अम्बिका बाइजीले आत्मा उत्थानका लागि अध्यात्मको महत्व रहेको बताउनु भयो । यस्तै कार्यक्रममा महात्मा गोबद्र्धन बाईजीले महात्मा श्री ज्ञान पुष्पानन्द जी, मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्रका अध्यक्ष चोपनारायण बन्जाडे लगायतले बोल्दै विज्ञानको अन्त्य सँगै अध्यात्म सुरु हुने बताउदै अध्यात्म ज्ञान बिना विज्ञान अधुरो रहेको बताए ।

प्रतियोगितामाा रेडियो लुम्बिनीका पूर्व स्टेशन म्यानेजर तथा देवदह मा.वि.की शिक्षक ईन्दीरा अर्याल, सिर्जनशिल साहित्यिक समाज, भैरहवाका पूर्व अध्यक्ष छविलाल न्यौपाने र लुम्बिनी वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष पुरुषोत्तम पाण्डेयले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम सिद्धान्तराज खांण र समृद्धि शर्माको संचालन, युवा संगठनका संयोजक दीपक पंगेनीको स्वागत मन्तव्य रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।