ताजा अपडेट »

गोलाघाटमा भेटियो अर्को शव : त्रिशूली नदीमा बससँगै खसेका यात्रु भएको आशंका

आइतबार, ३० असार २०८१, ०९ : २८
588 Shares
आइतबार, ३० असार २०८१
588 Shares

चितवन । भरतपुर-२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। गोलाघाटमा नारायणी र राप्ती नदी मिसिन्छन्। नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए। खोजी गर्दै जाँदा अहिलेसम्म एक भारतीय सहित ३ जनाको शव भेटिएर सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। 

शनिबार गालाघाटमै भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो। उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो। शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो। ती शवहरू माडी–१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।