ताजा अपडेट »
अनन्त अम्बानी बिवाह

भारतिय अर्वपति मुकेस अम्बानीका छोराको बिवाह, विश्वका टप सेलीब्रटीहरुको जमघट

विश्वकै ठुलो विवाहको संज्ञा

शनिबार, २९ असार २०८१, २० : ३२
426 Shares
शनिबार, २९ असार २०८१
426 Shares

एजेन्सी । सात महिना सम्म चलेकोे असाधारण पूर्व विवाह समारोह पछि, भारतका अर्वपति व्यापारी तथा सबैभन्दा धनी व्यक्ति मुकेष अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले शुक्रबार हजारौं पाहुनाहरूको अगाडि फार्मास्यूटिकल उत्तराधिकारी राधिका मर्चेन्टसँग आफ्नो लामो प्रतिक्षाको पछिको विवाह सम्पन्न गरका छन। उनको बिवाह समारेहमा हलिउड देखि बलिउड सम्मका सेलिब्रेटी कलाकारहरुको साथै खेलकुद सेलीब्रटी, राजनितिज्ञ तथा अन्तराष्ट्रिय सेलीब्रेटी पाहुनाहरुको बाक्लो उपसिथति रहेको थियो ।

समारोहमा बिश्व चर्चित मिडीया पर्सनालिटी तथा मोडल दिदिबहीनी किम तथा ख्लोए एलेक्जेन्ड्रा कर्दशियन, चर्चित गाएक निक जोन्स र नायीका प्रियंका चोपडा, पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र बोरिस जोनसन, फिफा अध्यक्ष जियानी इन्फान्टिनोकी, प्रशिद्ध फेसन डिजाइनर प्रबल गुरुङ जस्ता चर्चित अनुहारहरू सहीत बलिउड, क्रिकेट र राजनितिका हस्तिहरु तारामण्डलले सजिएको जियो वल्र्ड कनभेन्सन सेन्टरको भब्य बिवाह समारोहमा भाग लिन मुम्बई पुगेका थिए। 

Untitled-4

विवाह समारोहले भारतीय मनोरञ्जन, खेलकुद, व्यापार र राजनीतिका कहलीएका ब्यक्तिहरु अमिताब बच्चन, शाहरुख खान, रजनीकान्त र सञ्जय दत्त जस्ता बलिउड स्टारहरूदेखि लिएर पूर्व राष्ट्रपति रामनाथ कोविद, विभिन्न राज्यका मुख्यमन्त्रीहरू तथा देशको सम्मानित क्रिकेट टोलीका अधिकाङ्स सदस्यहरूलाई पनि आकर्षित गरेको थियो।

भारतिय पहिरनलाई ड्रेसकोड गरीएको यो बिवाह समाराहमा सबैजना भारतिय परम्परागत तथा आधुनिक पहिरनमा सजिएका थिए । अन्तर्राष्ट्रिय पाहुनाहरूले पनि भारतिय परम्परागत पोशाक कोडलाई सम्मान गरे, धेरैले प्रमुख भारतीय फेसन डिजाइनर हरूद्वारा डिजाइन गरीएका पोशाकहरू लगाएका देखिन्थे।

डब्लु डब्लु ई रेस्लर जोन सीना एम्ब्रोइड गरिएको स्काई नीलो शेरवानी र सेतो प्यान्टमा दखिए । पूर्व बेलायति प्रधानमन्त्री टोनी ब्लेयर तथा उनकि पत्नी चेरी ब्लेयर क्लासिक भारतिय पोशाकमा थिए । 

Untitled-5

गाएक निक जोन्स आफ्नी पत्नी प्रियंका चोपडाका साथ समारोहमा देखिए। प्रियङ्का मेहनतकासाथ सजाइएको गौलडेन रंगको साडीमा आकर्षक देखिईन। प्रशिद्ध फेसन डिजाइनर तथा न्यूयोर्क फेसन सप्ताहका मुख्य प्रबल गुरुङले गुलाब रंगको शेरवानी र एभिएटर सनग्लासमा देखिएका थिए । फिफा अध्यक्ष जियान्नी ईन्फन्टिनो आफ्नी पत्निका साथ उपसथित थिए ।

बलिउड महानयक अमिताब बच्चन आफ्नो परिवारका साथ समारेहमा देखिए । उनि पत्नि जया, छोरा अभिशेक, छोरी स्वेता, नतिनी तथा ज्वाइका साथ उपस्थित देखिन्थे । बुहारी एैश्वेर्या छोरी आराध्यासंगै समारोहमा उपस्थित भईन ।

सुपरस्टार रजनीकांत आफ्नो परिवारसंगै राधिका–अनंत को बिवाह समारेहमा पुगेका थिए। उनि पत्नि लता तथा छोरी सौंदर्या संगैें देखिए । अभिनेता जाेन अब्राहम आफ्नी  पत्निसंगै बिवाह समारोहमा उपिस्थत भएका थिए ।

450658760_3965820640329415_1909869972365984377_n

बलिउड नायक साहरुख खान पत्नि गौरीका साथ उपिस्थत थिए । उनि हरीयो सेरवानी सुट तथा पत्नि गौरी गुलाबी सुटमा सजिएकी थिइृन । नायक सुनिल सेट्टी पत्नि तथा छोरा संगै समारोहमा देखिए ।

नायक रणबिर कपुर पत्नि आलिया भट्टका साथ बिवाहमा स्थलमा पुगेका थिए । उनि सेतो सेरवानीमा देखिए भने अलिया गुलाबी सारीमा सएिकी थिईन । समारेहमा सहीद कपुर तथा उनकी पत्नि मिरा कपुर संगै उपस्थित थिए भने अभिनेता राजकुमाराव पत्नि पत्रलेखा संगै देखिए ।

450614605_3965820276996118_184329531763315304_n

नायीका कैट्रीना कैफ पति बिक्की कौषलका साथ देखिईन भने साउथका सुपरस्टार रामचरण आफ्नी पत्नि उपासनाका साथ बिवाहमा उस्थित देखिए । साउथका अर्का सुपरस्टार महेश बाबु आफ्नी श्रीमती नम्रता र छोरीसँगै अनन्त–राधिकाको बिहेमा सहभागी हुन पुगेका थिए। साउधकै अर्का स्टार सुर्या पत्निका साथ देखिए भने अभिनेतृ बिद्या बालन आफ्नो पति संगै समारोहमा उपस्थित थिईन । भोजुरी सुपर स्टार रबिकिसन पनि आफ्नी पत्निका साथ समारोहमा उपस्थित थिए ।

ram

समारेहमा अन्य बलिउड कलाकार ज्याकी श्रफ, करण जोहर, अनिलकपुर, सलमानखान, रणबिर कपुर, उदितनतरायण अर्जुनकपुर, बोनीकपुर, अनुपमखेर,, जुहचिवला, दिपिका पादुकोन, टाइगर श्राफ, बरुण धवन, कृति सेनन्, रितिक रोसन, लतामंगेसकर, सोनमकपुर,  लाएतका सबैजसो बलिउड, भोजपुरी तथा दक्षिण भारतिय सेलीब्रटीहरुको उपस्थिती रहेको थियो ।

Jackie-Shroff-Anil-Kapoor-and-Karan-Johar

क्रिकेटर महेन्द्र सिंह धोनी पत्नि साक्षी तथा छोरीका साथ समारेहमा देखिए । सचिन तेन्डुलकर परिवार सहित उपिस्थत थिए । क्रिकेटरहरू गौतम गंभिर, सुर्यकुमार यादव, हार्दिक पाण्डया पनि पत्निहरुका साथ सहभागी थिए।  बिवाह समारोहमा भारतिय क्रिकेट टोलीका अधिाकाङ्स खेलाडीहरु उपस्थित थिए । भारतिय प्रतिष्ठित ब्यापरी, बिभिन्न दलका नेताहरु, बिभिन्न राज्यका मुख्यमन्त्री तथा राजनितिक दलका नेताहरु, उच्चपदस्त अधिकारीहरु लगाएतका धेरैजनाको सहभागीता रहेको थियो ।

ms

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ, पूर्व मुख्यमन्त्ती अखिलेश यादव, पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी, बिहारका पूर्व मुख्य मन्त्री लालु यादव, महाराष्ट्र मुख्य मन्त्री एकनाथ सिन्दे,महाराष्ट्रका उपमुख्य मन्त्री देबेन्द्र फडणवीस, अजित पवार लागात थुप्रै भारतिय नेताहरुको यस समाराेहमा अतीथ्यता रहेकाे थियो ।

mamta

भारतिय परम्परागत संस्कृतिको झलक दिने गरी तयार गरीएको यो बिवाह समारोहलाई विश्वकै सबैभन्दा ठुलो बिवाह समारोहका रुपमा लिईएको छ। यो बिवाहमा पाहुनाका लागि १०० भन्दा बढि निजि जेटहरु प्रयोग गरीएकोे अनुमान समेत गरीएको छ भने अतिथीहरुलाई ल्याउन ३ वटा फाल्कन–२००० जेट भाडामा लिईएको बताईएकोे छ । देश बिदृश बाट आउने अतिथि हरुका लागि मुम्बईका अधिकाङ्स पाचतारे होटलहरु बुक गरीएको छ । यो बिवाहको कुल खर्च ३००० कारेड भारू. भन्दा बढि हुने अनुमान छ ।

Untitled-6

मुम्बई स्थित अम्बानीको स्वामित्वमा रहेको ३५००० क्षमताको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा भएको बिवाह समारेहलाई व्यवस्थित बनाउनेकै लागि वरपरका सडकहरु पाहुनाहरुको आगमन समय अघिनै प्रहरीले बन्द गराएको थियो। कनभेन्सन सेन्टरमा बिवाह समारोहलाई परम्परागत भारतिय सैेलीमा सजाईएको थियो भने भारतिय परिकारहरु पाहुनाको स्वागतमा तयार गरीएका थिए ।

Ananya-Panday-Kriti-Sanon

अनन्तका हजुरबुवाद्वारा धिरुभाई अम्बानीले स्थापना गरेको भारतको सबैभन्दा ठूलो निजी औद्योगिक घराना रिलायन्स इंडस्ट्रीज लाई याँहा सम्मम ल्याउन अम्बानी परिवारले कन्जुस्याई गरेनन। यो समूह अहिले अन्नतका बुबा मुकेशद्वारा सञ्चालित छ । फोब्र्सका अनुसार रिलायन्स समुहको सम्पत्ति १२२ बिलियन डलरभन्दा बढी छ। रिलायन्स समुह भारतको सबैभन्दा ठुलो ब्यावसायिक घराना हो । 

#एजेन्सीकाे सहयाेगमा, तस्विर: सामाजिक संजाल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।