ताजा अपडेट »

माल्दिभ्समा जारी टी-२० क्रिकेटमा सोमपालको उत्कृष्ट प्रदर्शन

शनिबार, २९ असार २०८१, १९ : १२
1.38K Shares
शनिबार, २९ असार २०८१
1.38K Shares

काठमाडौं । माल्दिभ्स टी-२० प्रिमियर लिगमा नेपाली क्रिकेटर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार भएको खेलमा व्यान्सा क्लबविरुद्ध सोमपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

मिलान क्रिकेट एकेडेमीबाट प्रिमियर लिग खेलिरहेका सोमपालले व्यान्साविरुद्ध ३ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । यसैगरी ब्याटिङतर्फ १४ बलमा २० रन जोड्दै अविजित रहे । उक्त खेलमा मिलान क्रिकेट एकेडेमीले दिएको १३७ रनको लक्ष्य १८ ओभर १ बलमा पूरा गर्दै सोमपालको टोली विजयी भएको छ । जारी लिगमा सोमपाल सिम्मलित मिलान क्रिकेट एकेडेमीले हालसम्म खेलेका ४ वटै खेलमा जीत हासिल गर्दै ८ अंक बटुलेको छ ।

यसअघि शुक्रबार भएको खेलमा विकेट लिन नसकेका सोमपालले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । सीबीएल स्पोर्टसविरुद्ध ३ ओभर बलिङ गरेका सोमपालले ४४ रन खर्चेर कुनै पनि विकेट लिन सकेका थिएनन् । सोही खेलमा व्याटिङमा सोमपालले १६ बलमा अविजित २९ रन जोडेका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । उक्त खेलमा मिलान एकेडेमी ६ विकेटले विजयी भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।