ताजा अपडेट »

रोटरी क्लब अफ बुटवल चौतारीले गर्यो वृक्षरोपण

शनिबार, २९ असार २०८१, १८ : ४९
138 Shares
शनिबार, २९ असार २०८१
138 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले आफ्नो वार्षिक कार्ययोजना अनुसार पहिलो सर्भिस प्रोजेक्ट अन्तर्गत साउन महिनालाई वृक्षारोपण अभियानको रुपमा सञ्चालन गरेको छ ।
जस अन्तर्गत शनिबार तिलोत्तमा नगरपालिका वडा नम्बर ११ स्थित शिवपुर माविमा वृक्षारोपण गरिएको हो । त्यस अवसरमा धुपि, अशोका, निम, आदि जस्ता बिरुवा रोपिएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । “साउन महिनाभर हामीले वृक्षरोपण अभियानको रुपमा अगाडि बढाउँछौं, यो क्लवको महत्वपूर्ण सर्भिस प्रोजेक्ट अन्तर्गतको योजना हो”-उनले भने ।

कार्यक्रमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष बिष्णुबहादुर बराल क्षेत्रीले गरेका थिए । त्यस अवसरमा उनले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिए । वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको भन्दै उनले यसको संरक्षणतर्फ पनि रोटरीले विशेष ध्यान दिनुपर्ने बताए ।

त्यस अवसरमा विद्यालयका सहप्रानाध्यापक केशव भण्डारी, शिक्षक रुद्रलाल भण्डारी, क्लवका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, संस्थापक अध्यक्ष विष्णु घिमिरे, रोटर्याक्ट भैरहवा चौतारीका निवर्तमान अध्यक्ष शंकर बस्याल, इन्टर्याक्ट क्लव बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डे, संयोजक भिम पौडेल, खगेन्द्रप्रसाद बेलबासे लगायतले वातावरण संरक्षणका लागि समेत वृक्षरोपणको महत्व बढ्दै गएको बताएका थिए । कार्यक्रमका अवसरमा क्लवका सदस्य बाबुराम पौडेलको विवाहउत्सव पनि मनाइएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।