ताजा अपडेट »

नारायणी किनारमा भेटियो २ वटा शव : सिमलताल दुर्घटनाका यात्रु भएको अनुमान

शनिबार, २९ असार २०८१, १८ : ३३
544 Shares
शनिबार, २९ असार २०८१
544 Shares

नवलपरासी । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-७ गैरेस्थित नारायणी नदी किनारमा दुईवटा शव भेटिएको छ। प्रहरीले ती दुई शव पनि शुक्रबार नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरू रहेको अनुमान गरेको छ।

शनिबार दिउँसो करिब साढे २ बजे नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। प्रहरीका अनुसार एउटा अन्दाजी २५÷३० वर्षका र अर्का १८÷२० वर्षकोजस्तो देखिने पुरूषको शव भेटिएको हो। 

यसअघि शनिबार बिहान गोलाघाटमा भेटिएको पुरुषको शव सनाखत भइसकेको छ। उनी भारत बिहारको सितामणी बर्गिनिया जमुवा बस्ने २८ वर्षीय ऋषि पल साह रहेको पुष्टि भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।