ताजा अपडेट »

लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा रामायण बाचन प्रतियोगिता

शनिबार, २९ असार २०८१, १८ : २०
322 Shares
शनिबार, २९ असार २०८१
322 Shares

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही जिल्ला समितिले शनिबार २११ औं भानुजयन्तीको अवसरमा अन्तर मावि रामायण बाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कालिका मानव ज्ञान माविका विवेक बराल प्रथम हुन सफल भएका छन् । 

प्रतियोगितामा बुटवलकै कान्ति माध्यमिक विद्यालयका गुगल राना उप विजेता बनेका छन् भने तिलोत्तमाको डन मोडलकी शिक्षा भण्डारी तृतीय तथा स्कलर्स होमकी सचित पन्थी सान्त्वना हुन सफल भइने । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः २ हजार, १५००, एक हजार र ५ सय पुरस्कार राशीसहित पमाणपत्रले सम्मान गरिएको कार्यक्रम संयोजक कल्पना कुसुमले जानकारी दिइन् । विभिन्न १२ वटा विद्यालयबाट सहभागी विद्यार्थीहरुले रामायण बाचन गरेका थिए । 

सो अवसरमा बोल्दै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिबबहादुर हमालले नेपाली सँस्कृति र साहित्यको संरक्षणमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । प्रतियोगितामा साहित्यकार तथा प्रध्यापक डा. थानेश्वर अर्याल, डा. प्रेम प्रसाद तिवारी र इन्दिरा अर्यालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । लोक संस्कृतिको जगेर्नासँगै नेपाली आदी कवि भानुभक्तको बारेमा नयाँ पुस्तालाई समेत जानकारी गराउने गरी प्रतियोगिताको अयोजना गरिएको प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए । कार्यक्रमको सञ्चालन प्रतिष्ठान रुपन्देहीका सचिव विधान कार्कीको सञ्चालनमा भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।