ताजा अपडेट »

त्रिशूलीमा बस खसेको स्थानभन्दा ५० किलोमिटर तल एक शव भेटियो

शनिबार, २९ असार २०८१, १३ : ०४
6.53K Shares
शनिबार, २९ असार २०८१
6.53K Shares

काठमाडौं । चितवनमा भएको बस दुर्घटनाको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला परेको छ ।  दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको छ । तर, ती व्यक्ति यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी रहेको छ । ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको बताइएको छ ।

उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ । चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । दुर्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । आज पनि खोजीकार्य जारी राखिएको छ र अहिलेसम्म बस भेटिएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।