ताजा अपडेट »

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार, पाएनन् विश्वासको मत

शुक्रबार, २८ असार २०८१, १७ : १४
154 Shares
शुक्रबार, २८ असार २०८१
154 Shares

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै उनको नेतृत्वको सरकार ढलेको हो। 

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२०) अनुसार विश्वासको मत मागेका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।