ताजा अपडेट »

सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं:रवि लामिछाने

शुक्रबार, २८ असार २०८१, १५ : १७
54 Shares
शुक्रबार, २८ असार २०८१
54 Shares

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुहरुले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर  सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।उनले सरकारमा गएपछि आफु सहकारी ठगको रुपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफुहरुले राम्रो काम गरेको दाबि गरेको छ । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठुला दल एक ठाउमा आएको बताए ।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले  त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठुला दल एक ठाउमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफुहरुको चिन्ता रहेको बताए ।


  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।