ताजा अपडेट »

बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आयौं- योगेश भट्टराई

शुक्रबार, २८ असार २०८१, १४ : ०९
70 Shares
शुक्रबार, २८ असार २०८१
70 Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आउनु परेको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताएका छन् । 

भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सहि दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरुलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए ।

सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे । उनले सामान्यता संसदका दुई ठुला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एकठाउमा आउनुपरेको स्पष्ट गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।