ताजा अपडेट »

लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीलेले गर्यो सिर्जनशील लेखन शैलीको लागि अभिमुखीकरण

शुक्रबार, २८ असार २०८१, १४ : ०५
570 Shares
शुक्रबार, २८ असार २०८१
570 Shares

बुटवल । लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमी, तिलोत्तमा ३ जानकीनगर मा विएएलएलवि प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरूको लागि श्रृजनशील लेखनको लागि पत्रकारिता को महत्त्व विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व सभापति एवम वरिष्ठ पत्रकार डीआर घिमिरेले प्रशिक्षण दिएका थिए । 

कलेज पढ्दै गरेका विद्यार्थीहरूले आफैले  समूह बनाएर भित्ते पत्रिका, बुलेटिन,  कलेजको मुखपत्र  निकाल्ने काम गर्न सक्छन त्यसले विद्यार्थीको लेखन क्षमतामा सिर्जनशीलता थप हुने बताए ।आजको प्रविधिको विकासले  पत्रकारितामा उच्चतम सुविधा र अवसर दिएको छ च्याट  जेपिटी,  एआईहरुले आफै समाचार लेख्दिन्छन् तर पनि लेखन सैलिलाइ उत्कृष्ट एवम सृजसिल बनाउन को लागि अध्यन र लेखन को महत्त्व बढी रहेको बताए। कानुनका विद्यार्थीहरुले तमसुक लेख्दा श्रीदेखि शुभमसम्म एउटै वाक्यमा लेख्न सिक्नुहुन्छ तर पत्रकारितामा छोटो वाक्य,  सजिलो र दोहोरो अर्थ नलाग्ने  हुनुपर्दछ , कानुन का विद्यार्थीको लेखन शैली र पत्रकारिताको लेखन शैलीमा फरक भयता पनि पत्रकारिताको लेखन सैलिको ज्ञान हुदा धेरै फाइदा हुने बताए ।

लुम्वीनी इन्टिग्रेटेड एकेडेमी पूर्वाञ्चल विस्वविधालय बाट सम्बन्धन प्राप्त कलेज हो । एकेडेमिमा  बन विज्ञान मा ४८ सिट  र ५ वर्षे विएएलएलबि मा ६० जना विद्यार्थीको पढाइ हुन्छ । अहिले ४० भन्दा बढी जिल्लाका विद्यार्थीहरु अध्यनरत छन । जुन सुकै विषयमा कक्षा १२ पास गरेका र कम्तिमा जिजिए २ प्राप्त विद्यार्थीहरुले  विएएलएलबि अध्ययन गर्न पाउँछन् भने, कक्षा १२ मा विज्ञान विषयबाट जिजिए २.४    ल्याएका वा बन विज्ञान र कृषी विषयमा सिटिभिटी मा ३ वर्षे डिप्लोमा, र ९ देखि १२ सम्म वन, पशु वा कृषि पढेका विद्यार्थीहरुले पढ्न  सक्ने छन् ।  

नयाँ शैक्षिक सत्रको लागि कक्षा १२ को नतिजा आए लगत्तै भर्ना खोल्ने र प्रवेश परीक्षा कलेज मै हुने कलेजका प्रमुख प्रशासक प्रकाश अधिकारीले जानकारी दिनु भयो  । लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमी वन विज्ञान अध्ययन गराउने लुम्बिनी प्रदेशकै पहिलो र एक मात्र कलेज हो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।