ताजा अपडेट »

शंखरापुरको साँखु मेलम्ची सडकखण्ड खुला

शुक्रबार, २८ असार २०८१, १३ : ५२
20 Shares
शुक्रबार, २८ असार २०८१
20 Shares

काठमाडौं । काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका–१ चापाकोटस्थित साँखु मेलम्ची सडकखण्डको छाप भन्ज्याङ्गमा असार २८ गते बिहान अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक खुलाईएको छ । सुरक्षा बेश लप्सिफेदीबाट खटिएको सशस्त्र प्रहरीले पहिरो हटाई सडक सुचारु गरेको हो ।

यसैगरी तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–१ ठुलोढुङ्गास्थित पृथ्वीराजमार्गमा र भानु नगरपालिका–३ चाम्बासस्थित डुम्रे बेशिसहर सडकखण्डमा असार २८ गते विहान आएको अविरल बर्षाको कारण माथिबाट पहिरो गई पूर्ण रुपमा अवरुद्ध भएको सडक नं. २३ गणको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पहिरो हटाई सडक सुचारु गरेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।