ताजा अपडेट »

संसदमा प्रचण्डको सम्बोधन, निशानामा कांग्रेस–एमाले (पूर्णपाठसहित)

शुक्रबार, २८ असार २०८१, १३ : ३९
66 Shares
शुक्रबार, २८ असार २०८१
66 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए । विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका हुन् । 

सरकारको सुशासनप्रतिको काम र प्रतिवद्धतादेखि डराउँदै कांग्रेस र एमाले मिलेको आरोप लगाए । दुई ठूला दलहरूको मिल्तीले निरंकुसता बढाउने उनको दाबी गरेको छ । दुई दललाई बिचौलियाले मिलाएको जिकिर गर्दै उनले सधैँ खबरदारी गर्नेसमेत उद्घोष गरेका छन् ।

प्रधानमन्त्रीले २४ पन्ने सम्बोधनका अधिकांश शब्द कांग्रेस र एमालेको नेतृत्वमा खर्चिएका छन् । अझ ओलीमाथि उनको बढी आक्रोश देखिन्थ्यो ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।