ताजा अपडेट »

संविधान संसोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔं : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २८ असार २०८१, १३ : १३
112 Shares
शुक्रबार, २८ असार २०८१
112 Shares

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको सबै भन्दा ठूलो दल माओवादी केन्द्र बिना संबिधान संशोधन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान कांग्रेस र एमालेलाई चेतावनी दिएका छन् । संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको भन्दै छलछाममा संविधान शंसोधन नहुने बताए । ‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्,’ प्रचण्डले भने ।

संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर बचाइएको उनले स्मरण गरे । ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर बचाइएको हो, आउने दिनमा पनि त्यसरी नै बचाइनेछ,’ उनले भने ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।