ताजा अपडेट »

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू, चिप्लिएको जहाज धावनमार्गमै

शुक्रबार, २८ असार २०८१, १३ : ०४
5.38K Shares
शुक्रबार, २८ असार २०८१
5.38K Shares

बुटवल । हिजो (बिहीबार)देखि अवरूद्ध रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुरू भएको छ । बिहीबार राति ९ बजेर ४० मिनेटको समयमा बुद्ध एयरको विमान अवतरण गर्ने धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा अरू जहाजहरू पनि अवतरण र उडान गर्न सकेका थिएनन्।

शुक्रबार साढे १० बजेपछि विमानस्थलबाट तीन वटा जहाजले उडान भरेका हुन्। विमानस्थलका अधिकृत विनोदसिंह रावतले बिहीबार साँझ काठमाडौंबाट भैरहवा आएका तीन वटा जहाज काठमाडौंका लागि उडान गरेको जानकारी दिए। उनले भैरहवाबाट उडान गरे पनि अवतरण भने अझै हुन नसकेको बताए।

‘यहाँ आउने जहाजहरूको अवतरणका लागि पनि प्रयास भइरहेको छ, चिप्लिएको बुद्ध एयरको जहाजको पखेँटाले धावनमार्ग छोए पनि ठूलो धावनमार्ग भएकोले न्यारोबडीका जहाज अवतरण गर्न सक्छन्,’ उनले भने। रावतका अनुसार धावनमार्गमा चिप्लिएको बुद्ध एयरको यू फोर ८०५ विमान धावनमार्गभन्दा ५ मिटर बाहिर घाँसे मैदानमा पुगेको छ। विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरे पनि विमानको अगाडिको भाग घाँसे मैदानमा धसिएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।