ताजा अपडेट »

सुनको मुल्यमा नयाँ किर्तिमान

शुक्रबार, २८ असार २०८१, ११ : ३०
174 Shares
शुक्रबार, २८ असार २०८१
174 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।  शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो । 

यस अघि विहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।