ताजा अपडेट »

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु

शुक्रबार, २८ असार २०८१, ११ : ०२
96 Shares
शुक्रबार, २८ असार २०८१
96 Shares

काठमाडौं । कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् । सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो ।

खेल सकिएपछि उरुग्वेका डार्विन नुनेज कोलम्बियाका फ्यानहरु रहेको ठाउमा पुगेर हातपात शुरु गरेका थिए । नुनेजले हानेपछि कोलम्बियाका फ्यान घाइते भएको बताइएको छ । त्यसपछि उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार नुनेजलाई लामो प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कसैलाई पनि खेलमा हिंसा गर्ने अधिकार नभएको भन्दै नुनेजसहित ११ खेलाडीमाथि छानबिन अगाडी बढेको बताएको छ ।उरुग्वेले आइतबार बिहान क्यानडासँग तेस्रो स्थानको खेल खेल्नु अघि नै कारवाही हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।