ताजा अपडेट »

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी

शुक्रबार, २८ असार २०८१, १० : ५८
70 Shares
शुक्रबार, २८ असार २०८१
70 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र अप्रति (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् । 

परियारले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान अग्रण ह्वीप समेत जारी गरेको जानकारी दिएका हुन् ।  नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । 
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।