ताजा अपडेट »

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

विहीबार, २७ असार २०८१, १७ : १६
62 Shares
विहीबार, २७ असार २०८१
62 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँ सहित चितवन भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.२०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।