ताजा अपडेट »

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

विहीबार, २७ असार २०८१, १४ : २३
128 Shares
विहीबार, २७ असार २०८१
128 Shares

बारा । बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६  मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।  केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।