ताजा अपडेट »

बुटवल मोवाइल संघद्वारा रक्तदान कार्यक्रम

विहीबार, २७ असार २०८१, १२ : ५०
220 Shares
विहीबार, २७ असार २०८१
220 Shares

बुटवल । बुटवल मोवाइल संघ, रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मोवाइल व्यवसायी संघको स्थापना दिवसको अवसरमा बुटवल मोवाइल संघले विहीबार बुटवलमा रक्तदान कार्यक्रम गरेको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु ज्ञावलीले हाल देशका विभिन्न स्थानमा गएको वाढी पहिरोका कारणले रगतको अभाव देखिएको र यही बेला स्थापना दिवस पनि परेकाले सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । 

बल्ड बैङ्क बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको थियो । यस्तै नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले स्वस्थ्य सबै व्यक्तिले रक्तदान गर्दा आफ्नो स्वास्थ्यलाई पनि राम्रो हुने भएकाले सबैलाई रक्तदान गर्न आग्रह गरे । 

रक्तदान कार्यक्रम बुटवल मोवाइल संघका अध्यक्ष  विष्णु ज्ञावलीको अध्यक्षता, यस्तै नेपाल मोवाइल वितरक संघका हरि केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको संचालन दिपेन्द्र पाण्डे र कृष्ण आचार्यको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै सोही कार्यक्रमको अवसरमा बुटवल मोवाइल संघले आफ्नो सचिवालयको समेत शुभारम्भ गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।