ताजा अपडेट »

एनएमबि बैंकको इ-एनएमबि एप्स मार्फत मुर्गिया खानेपानी संस्थाको डिजिटल विल भुक्तानी सेवा शुभारम्भ

विहीबार, २७ असार २०८१, ११ : २८
294 Shares
विहीबार, २७ असार २०८१
294 Shares

अर्जुनदृष्टि/ बुटवल । एनएमबि बैंकको इ–एनएमबि एप्स मार्फत रुपन्देहीको मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाको विल महसुल भुक्तानी सेवा शुभारम्भ भएको छ।  

एक बिशेष समारोहका विच एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली, वरिष्ठ क्षेत्रीय प्रबन्धक मेघराज तिम्सिना, प्रदेश अप्रेसन म्यानेजर सुन्दर थापा, खानेपानी संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँ, खानेपानी संस्थाका सल्लाहकारहरु, सैनामैना नगरपालिका  वडा न २,३,४ का वडा अध्यक्षहरु, खानेपानी संस्थाको कार्यसमिति,  ३० ओटा टोल विकास समितिका अध्यक्ष, प्रतिनिधि, उपभोक्ताहरु, एनएमबि बैंक मुर्गिया शाखा प्रबन्धक कमल ढकाल तथा शाखाका कर्मचारीहरुको उपस्थितिमा खानेपानी विल महसुल डिजिटल भुक्तानी सेवा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले ‘समृद्ध नेपालको आधार, विद्युतिय कारोबारमा विस्तार’ भन्ने अभियान अन्तरगत एनएमबि बैंकले रुपन्देही जिल्ला सैनामैना नगरपालिकाको मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासगको सहकार्यमा डिजिटल विद्युतिय महसुल भुक्तानी सेवा शुभारम्भ गरिएको जानकारी दिए ।

2

उनले  एनएमबि बैंकले  आमनागरिकको वित्तीय पहुँचलाइ सरल, छिटोछरितो बनाउन विश्वव्यापी अत्याधुनिक  बैंकिङ्ग सेवालाइ अंगिकार गरेको उल्लेख्य गर्दै ईन्टरनेट अनलाइन मार्फत  संसारभरबाट खाता खोल्ने, एनएमबि बैंकको क्युआर कोड प्रयोग कर्तालाइ क्युआर कर्जा, एनएमबि बैंकमा तलब खाता संचालन गर्नुभएकालाइ तलब कर्जा, किसानको लागि खेती कर्जा लगायतका सेवाहरु डिजिटल बैंकिङ्ग अनुरुप  प्रदान गर्दै आइरहेको बताए ।  

खानेपानी संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँले  एनएमबि बैंकको सहकार्यमा खानेपानी उपभोक्ताले घरै बसिबसि मोबाइलबाट खानेपानीको महसुल भुक्तानी गर्न सक्ने बताए।  यो सुबिधा पछी उपभोक्ताको समय र पैसा दुवैको बचत सगै सहज र सुरक्षीत खानेपानीको महसुल भुक्तानी हुने विस्वास व्यक्त गरे ।

एनएमबि बैंक मुर्गिया शाखा प्रबन्धक कमल ढकालले  डिजिटल बैंकका आयम, चुनौती र प्रयोगकर्ताले ध्यान दिनुपर्ने विषयहरुको बारेमा जानकारी दिए । कार्यक्रम  एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीको अध्यक्षता, मुर्गिया खानेपानी उपभोक्ता एवं सरसफाइ सस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँको प्रमुख आथित्यता, प्रदेश अप्रेसन म्यानेजर सुन्दर थापाको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।