ताजा अपडेट »

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

विहीबार, २७ असार २०८१, ११ : १९
62 Shares
विहीबार, २७ असार २०८१
62 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ ।  यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।