ताजा अपडेट »

मौवाखोला नजिक पहिरो, सडक एकतर्फी

विहीबार, २७ असार २०८१, ११ : ०९
84 Shares
विहीबार, २७ असार २०८१
84 Shares

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरोका कारण अवरुद्ध सडक अहिले एकतर्फी संचालनमा रहेको र पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले दुइतर्फी सडक खुलाउन हुन केही समय लाग्ने बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।