ताजा अपडेट »

बुटवलको सिद्ध बाबा हस्पिटल तथा रिसर्च सेन्टरद्वारा सेवा विस्तार

विहीबार, २७ असार २०८१, ०९ : ५७
1.47K Shares
विहीबार, २७ असार २०८१
1.47K Shares

बुटवल । बुटवलमा रहेको सिद्ध बाबा हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले  सेवा विस्तार गरेको छ । अस्पतालले नयाँ सेवा अन्तर्गत इन्डोस्कोपी सेवा शुरुवात गरेको हो । 

रुपन्देहीको तिलोत्तमा बस्ने ८४ वर्षीय ईश्वरी गैरेको इन्डोस्कोपी गर्दे  अस्पतालले आफ्नो सेवा विस्तार गरेको जनाएको छ। शिद्धबाबा अस्पतालमा ग्रान्डी अस्पतालमा काम गरेका ग्स्टो सर्जन डा आशिस  विक्रम मल्लको नेतृत्वमा इन्डोस्कोपी सुरु गरिएको हो। सुविधा सम्पन्न रूपमा अत्याधुनिक उपकरणबाट यो सेवा प्रवाह गरिएको छ । 

डा मल्लले पछिल्लो समय धेरे जटिल रोगका लक्षणको आधारमा इन्डोस्कोपी जाँच गर्नुपर्ने अवस्था आएको बताउँदै व्यवस्थित रूपमा  आफूहरूले  विभिन्न रोगको इन्डास्कोपी गर्ने बताए।उनले रक्तस्राव हुने अल्सर, ट्युमर वा क्यान्सर हटाउने प्रक्रियामा पनि इन्डोस्कोपीको प्रयोग हुने बताए । शिद्धबाबा अस्पतालमा सञ्चालक समितिका अध्यक्ष डा।दीपेश प्रधानले यो क्षेत्रमा निजी अस्पताल तथा क्लिनिकहरूमा भन्दा सुलभ दरमा उच्च प्राविधीको प्रयोग गरी गुणस्तरीय इन्डोस्कोपी सेवा प्रदान गर्ने दावी गरे।उनले यहाँको इन्डोस्कोपीको रिर्पोट पनि तुरुन्तै विरामीलाई प्रदान गर्ने व्यवस्था मिलाएको बताए। 

शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो। अस्पताल सञ्चालन एवं पूर्व अध्यक्ष डा शक्ति बस्नेतले छिटो समयमा पनि शिद्धबाबा अस्पतालले बताए ।उनले मुटु रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, दम, छाती तथा फोक्सो रोग विशेषज्ञ, स्नायु तथा मस्तिस्क रोग विशेषज्ञसँगै अव  छिटै क्यान्सर रोग परीक्षण तथा उपचार सेवा सुरुवात गर्ने योजना रहेको बताए । अस्पतालका प्रबन्धक प्रकाश न्यौपानेले अस्पताल विभिन्न सेवाको विशेषज्ञ चिकित्सक सहित २४ घण्टामा सेवा रहेको बताए।उनले छिटै अन्य विशेषज्ञ सेवा पनि घोषणा गर्ने तयारीमा रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।