ताजा अपडेट »

तिलोत्तमामा एकाविहानै सवारी दुर्घटना, ३ युवा घाइते

विहीबार, २७ असार २०८१, ०८ : ३०
1.59K Shares
विहीबार, २७ असार २०८१
1.59K Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा-९ मा आज विहिबार विहानै कार दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने ६ बजे दुर्घटना भएको हो । 

दुर्घटनामा परी तिलोत्तमा–७ बस्ने चालक ३० वर्षीय गुप्त बहादुर ठाडासहित तिलोत्तमा ९ बस्ने २० वर्षीय फिलिम हिताङ र तिलोत्तमा ८ बस्ने २० वर्षीय सम्राट राना सामान्य घाइते भएका छन् । आफै अनीयन्त्रीत भई सडक डिभाइडरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीब्र गतीका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको छ । पछिल्लो केही दिनयता तिलोत्तमामा दुर्घटना बढ्दै गएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।