ताजा अपडेट »

संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने

बुधबार, २६ असार २०८१, १७ : १८
40 Shares
बुधबार, २६ असार २०८१
40 Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ । बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् ।

समितिले आज सहकारीक संचालक र पिडितहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पिडितले आफुहरुले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए । सभपति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।