ताजा अपडेट »

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

बुधबार, २६ असार २०८१, १५ : १८
134 Shares
बुधबार, २६ असार २०८१
134 Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्नाा सांसदलाई ह्वीप जारी गरेको छ ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

यसअघि नेपाली कांग्रेसले पनि दाहाललाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरिसकेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।