ताजा अपडेट »

म नेपाली नागरिक नै हुँ, कुनै देशको पिआर लिएकी छैन: शिक्षामन्त्री श्रेष्ठ

बुधबार, २६ असार २०८१, १४ : ५०
72 Shares
बुधबार, २६ असार २०८१
72 Shares

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताएकी छन् ।मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन् । 

उनले आफुले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन् । उनले आरोप आफैमा अस्पष्ट रहेको बताउदै कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफुले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन् । 

उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।