ताजा अपडेट »

चुनौतिलाई अवसर बनाएका सुरेश

बुधबार, २६ असार २०८१, १३ : ३२
0.97K Shares
बुधबार, २६ असार २०८१
0.97K Shares

सुरेश दुवाल, भक्तपुर नगरपालिका वडा नं ६ स्थित टोल चोछेमा बि.स. २०४२ मा जन्मेका हुन्। उनको बाल्यकाल अभाव र संघर्षमा नै बित्यो। घरपरिवारमा जेठो छोरा, एक भाइ र एक बहिनी मात्र थिए। त्यसमाा पनि घरको आर्थिक अवस्था निकै नाजुक थियो,  डेरामा बस्नुपर्थ्यो । 

वर्षभरिमा मात्रै ३ महिनाको लागि मात्र खान पुग्ने उवजनी हुनथियो । बाँकी महिना ज्याला मजदुरी गरेर गुजारा चलाउनु पर्ने अवस्था थियो। अधिकांश उनका रहरहरु अधुरा नै रहे । सुरेशलाई सानैदेखि टाउको दुख्ने समस्याले ग्रसित बनायो, आर्थिक अभावले औषधीमुलो गर्न समेत कठिनाइ थियो।

1

सुरेशको प्रारम्भिक शिक्षा जेसिस स्कुल, ईन्द्रायणी, ब्यासीबाट भयो भने उच्च माध्यमिक शिक्षा बासु उच्च माध्यमिक विद्यालयबाट ब्यबस्थापन विषयमा उतीर्ण गरे। शारीरिक अस्वस्थताको कारणले जिम प्रति रुचि जागृत भयो, तर यसको श्रेय उनी छिमेकी गणेश मुनंकर्मीलाई दिन चाहन्छन्, जसले उनलाई जिमखाना छिर्ने प्रेरणा दिए।

जिमखानाको प्रवेश र प्रारम्भिक संघर्ष
कक्षा ५ मा पढ्दै गर्दा सुरेशले पहिलो पटक जिमखाना प्रवेश गरे। सन् २००२ मा एसएलसी परीक्षा सकाएर जिम जान थाले। प्रारम्भिक प्रशिक्षण Robust Gym, महाकालीबाट शुरु गरे। प्रशिक्षक नभएकोले साथीभाइको देखाई र सिकाईबाट प्रशिक्षण गरे। यसै दौरान विभिन्न जिमखानाहरु फेर्दै जाने क्रममा Desperado Gym पुगेर गुरु दयाराम दिवाकरसँग भेट भयो। केही महिना पछि शरीरमा देखिने परिवर्तन आएपछि टाउको दुखाइको समस्या हरायो र जिमको मोह झनै बढ्दै गयो।

2

प्रतिस्पर्धा र पुरस्कारहरू 
बि.स. २०६८ मा भएको 1st Mr. Khwopa Bodybuilding Championship मा पहिलो पटक भाग लिंदै सुरेशले ६० केजी तौल समूहमा रजत पदक जिते। सोही प्रतियोगितामा BEST POSER को उपाधि समेत हाँसिल गरे। देशकै सबैभन्दा ठुलो प्रतियोगिता धर्मश्रीमा सहभागी भएपनि सफल भएनन् र त्यसपछि विदेश हानिए ।  त्यहाँपनि व्यायाम प्रतिको उनको मोह कम भएन । सन् २०१४ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा भाग लिएर ५५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै मिष्टर नेपाल बन्न सफल भए । त्यसै वर्ष साउदी अरबमा भएको Al-Safa Ramadan Bodybuilding Championship मा नेपालको प्रतिनिधित्व गर्दै ७० केजी तौल समूहमा कास्य पदक जिते। सन् २०१५ मा बहराइनमा भएको Flex Sport Festival मा शीर्ष १० मा पर्न सफल भए।

3

भविष्यका योजना
उनले बि.स. २०८० मा भएको मिष्ट्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पुन ५५ केजी तौल समूहमा स्वर्ण पदक जिते। सोही वर्ष नरेश सूर्य क्लासिक नेपालमा प्रथम स्थान हासिल गरे। ५५ औँ एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनले ऐतिहासिक रजत पदक जिते।  

सुरेशले गत वर्ष पोखरामा सम्पन्न भएको  Bullsmen National Wide Bodybuilding Competition मा ६० केजी तौल समूहमा तेस्रो स्थान हासिल गरे। उनी आफ्नो परिवारसँग बस्दै आएका छन्। सुरेशले आफ्नो सफलताको श्रेय आमाबाबा, श्रीमती, आफन्तजन, र मित्रहरूलाई दिन चाहन्छन्।

4

सुरेशको सपना विश्व च्याम्पियनशिप खेल्ने हो। उनी युवा पुस्तालाई कुलतमा नफस्न आग्रह गर्छन् र शारीरिक सुगठनलाई जिन्दगी बाँच्ने एउटा तरिका मान्छन्। सुरेशको जीवन यात्रा संघर्षपूर्ण भएपनि उनी निरन्तर प्रगति गर्दैछन्। 

चुनौतीहरू र समाजको प्रतिक्रिया
सुरेशले शारीरिक सुगठन क्षेत्रमा लाग्दा सुरुमा परिवारलाई थाहा दिएनन्। २०६८ मा मिष्टर ख्वप प्रतियोगितामा भाग लिने बेलामा पहिलो पटक परिवारलाई जानकारी दिए। स्टेजमा उत्कृष्ट प्रदर्शन गरेपछि परिवारमा खुसी छायो। तर, आर्थिक अभावले गर्दा परिवारले उनलाई यो क्षेत्रमा नलाग्न सल्लाह दिन्थे। तर, सुरेशको मनले मानेन र उनी यसै क्षेत्रमा अघि बढ्न बिदेश समेत गए।

सरकारको भूमिकाप्रति असन्तुष्टि
सुरेशले नेपाली खेलाडीहरूको दयनीय अवस्थाको बारेमा बोल्दै आएका छन् । स्थानीय निकायदेखि केन्द्रीय सरकारसम्म खेलाडीहरूको आवश्यक स्याहार, सुसार, र पहिचानमा ध्यान नदिएकोमा उनी असन्तुष्ट छन्। खेलाडीहरूको भविष्य सुरक्षित छैन, तर पनि उनी समाजलाई स्वास्थ्य रहन ब्यायामको महत्व बुझाउने सदैब प्रयासरत छन्।  

5

हाल सुरेश भैरहवाको पाँच तारे होटल सिद्धार्थ भिलासामा कार्यरत छन्। समय मिलेको बखत अनलाइन कक्षा र व्यक्तिगत प्रशिक्षण दिने गर्छन्। शारीरिक चोटका कारण आराममा रहेका उनी भविष्यमा विश्व च्याम्पियनशिप खेल्ने लक्ष्य राख्छन उनले युवाहरूलाई कुलतमा नफस्न आग्रह गर्दै शारीरिक सुगठनलाई जीवनको महत्वपूर्ण भाग बनाउने सुझाव दिन्छन्। उनि भन्छन, ‘नियमित शारीरिक व्यायामहरुले शरीरलाई स्वस्थ, चुस्त, र तन्दुरुस्त बनाउन मद्दत गर्दछ।’ शारीरिक सुगठन भनेको एक प्रकारको एन्टी एजिङ औषधी हो जसले सकारात्मक सोचको विकास गर्दछ।

सुरेशको मान्यता छ,"If you can't change until you challenge yourself" जीवनको यात्रा एक्लै तय गर्दा मज्जा आउँछ, तर साथ दिने साथीहरू साथ भएमा झन रमाइलो हुने उनको ठम्याइ छ । आफ्नो चुनौती स्वरुप रहेको शारीरिक समस्याका कारण जिम छिरेका उनि आज नेपाली शारीरिक सुगठन खेलका आशालाग्दो भविष्यका रुपमा हेरिन्छन् ।

7

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार