ताजा अपडेट »

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

बुधबार, २६ असार २०८१, ११ : ४७
100 Shares
बुधबार, २६ असार २०८१
100 Shares

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामने घटेको छ । 

बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४४ हजार एक सयमै कारोबार भएको छ । यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।