ताजा अपडेट »
सुचना–प्रबिधी

नथिङको सीएमएफ फोन, स्मार्ट वाच र इयर बड्स एकैसाथ नेपाली बजारमा सार्वजनिक

बुधबार, २६ असार २०८१, ०५ : २८
80 Shares
बुधबार, २६ असार २०८१
80 Shares

काठमाडौं । विश्व बजारसँगै नेपालमा पनि नथिङ ब्रान्डका फोन, स्मार्टवाच र इयर बड्स सार्वजनिक गरीएका छन् ।नथिङको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुप (सीजी) ले असार २४ गते एक कार्यक्रम गर्दै नथिङ ब्रान्डको नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो । सार्वजनिक भएका उत्पादनमा नथिङकै सहायक कम्पनी सीएमएफले तयार पारेका सीएमएफ फोन वन, सीएमएफ बड्स प्रो र वाच प्रो टु रहेका छन् । यो स्मार्टफोन बजारमा सीएमएफ फोन वनको डेब्यु हो । 

यस फोनमा उपभोक्ताका विविध प्राथमिकता पूरा गर्न निजीकरण र कार्यक्षमताको मिश्रण रहेको दाबी कम्पनीले गरेको छ । कालो, सुन्तला, हलुका हरियो र निलो रङ्गमा उपलब्ध यो फोनमा टेक्स्चर केस वा भेगन लेदर फिनिस रहेको छ । 

८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३६ हजार ९९९ रुपैयाँ र आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४१ हजार ४९९ रुपैयाँ रहेको छ । थप स्टोरेज चाहिएको खण्डमा यसमा माइक्रो एसडीएक्ससी सपोर्ट पनि पाउन पाइन्छ । यो फोनमा दुई ओटा मेन क्यामेरा रहेका छन्, जसमा ५० मेगापिक्सेल र दुई मेगापिक्सेलको डेप्थ सेन्सर छ ।

सेल्फीका लागि भने १६ मेगापिक्सेलको क्यामेरा छ, जसले ३० एफपीएसमा १०८० पिक्सेलको भिडिओ खिच्न सक्छ । फोनमा  ५००० एमएएच क्षमताको ब्याट्री,  ३३ वाटको फास्ट चार्जर तथा पाँच वाटको रिभर्स वायर्ड चार्जको सपोर्ट पाउन सकिन्छ । 

Untitled-1

१९७ ग्राम र २०२ ग्राम तौल रहेको यो फोनमा दुई ओटा सिम सपोर्ट रहेको छ । पछाडि पट्टि फेर्न मिल्ने कभर रहेको सीएमएफ फोन वन धुलो र तरल पदार्थबाट जोगाउनका लागि आईपी ५२ रेटिङ पाएको छ । यो फोनको डिस्प्लेको कुरा गर्नु पर्दा १२० हर्जको एमोलेड एचडीआर १० प्लस डिस्प्ले दिइएको छ ।

५०० निट्स (टीवाईपी) तथा २००० निट्स (उच्चतम) ब्राइटनेश रहेको यो फोनको स्क्रिनको आकार ६.६७ इन्चको रहेको छ । यसमा १०८०x२४० पिक्सेलको रेजोलुसन पाउन सकिन्छ । एन्ड्रोइड १४ मा आधारित यो फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० (४ एनएम) चिपसेट राखिएको छ । 

फोनसँगै सीएमएफ बड्स र सीएमएफ बड्स प्रो टु गरी दुई इयर बड्स पनि सार्वजनिक भएका छन् । सीएमएफ बड्सको मूल्य सात हजार ९९९ रुपैयाँ र बड्स प्रो टुको मूल्य नौ हजार ५९९ रहेको छ । यस बाहेक सीएमएफ वाच प्रो टु पनि नेपाली बजारमा आएको छ । 

नेपालमा नथिङको यी उत्पादन सहित नथिङ फोन टु ए, नथिङ इयर र नथिङ इयर (ए) उपलब्ध भएका छन् । नथिङ बेलायती प्रविधि कम्पनी हो, जसको स्थापना वनप्लसका सह-संस्थापक कार्ल पेईले गरेका हुन् । सोही कम्पनीको सहायक ब्रान्ड मौलिक प्रकारको डिजाइन र मुख्य कार्यहरूमा केन्द्रित छ । 

नथिङले यसअघि नै फोन टु ए बजारमा ल्याइसकेको छ । जसमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट राखिएको छ । #Techpana

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।