ताजा अपडेट »

विए एलएलबिका विद्यार्थीका लागि सिर्जना र क्षमता अभिवृद्धि कलासम्बन्धि अभिमुखीकरण

मंगलबार, २५ असार २०८१, १३ : २९
210 Shares
मंगलबार, २५ असार २०८१
210 Shares

बुटवल ।  लुम्बिनी एकीकृत एकेडेमी, तिलाेत्तमा, रुपन्देहीमा अध्ययनरत् विए. एलएलवीका विद्यार्थीका लागि सिर्जना र क्षमता अभिवृद्धि कलासम्बन्धि विषयमा साेमवार अभिमुखीकरण गरिएकाे छ ।

साे कार्यक्रममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सिर्जना, सिर्जनात्मक लेखन र क्षमता अभिवृद्धि कलासम्बन्धि विषयमा सहजीकरण गरेका थिए । विद्यार्थीमा निरन्तरताकाे अध्ययन,अभ्यास र प्रयाेगले नै क्षमता बढ्ने कुरा उनले बताउँदै हृदयकाे गहिराईमा पुगी भावना र कल्पनामा डुबेर नै सिर्जनात्मक लेखन सम्भव भएकाे उल्लेख गरे ।

साथै उनले समाजका हरेक समस्याहरुलाई कुशलतापूर्वक समाधानकाे बाटाेतर्फ उन्मुख गराउनु नै क्षमता अभिवृद्धिकाे लक्ष्य हुने बताए । उक्त कार्यक्रममा एकेडेमीका संस्थापक पुरन केसी,अध्यापक मदन पुन र सहभागीहरुले आआफ्ना विचार र भावना अभिव्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।